काठमाडौं : गृहमन्त्री रामबहादुर थापा राहत सामाग्री लिएर बाढीग्रस्त बाग्लुङको ढोरपाटन नगरपालिका पुगेका छन्।
आज बिहान नेपाली सेनाको हेलिकप्टरमा राहत सामाग्री लिएर गृहमन्त्री थापा बाग्लुङ पुगेका हुन्।
अविरल वर्षासँगै बुधवार १२ बजेतिर आएको बाढीमा १४ जनाको मृत्यु भएको छ। अझै केही बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । धेरै बेपत्ता छन् । त्यहाँ ३० भन्दा बढी घर बगाएको बताइएको छ। सडक बाटो क्षतविक्षत भएर गाडीसमेत आवागमन हुन सकेको छैन।
गृहमन्त्री थापासहित सांसद उपेन्द्र पौडेल पनि बाग्लुङ गएका छन्। बिहीवार नै गृहमन्त्री थापा बाग्लुङतर्फ निस्किए पनि मौसम खराबीको कारण पोखराबाट फर्किएका थिए।
