PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पतिको निधनपछि देवरसँग प्रेममा परेपछि…



पहिलोपोस्ट

पतिको निधनपछि देवरसँग प्रेममा परेपछि…
तस्विर : आजतक

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा एक महिलाले देवरसँग विहे गरेकी छन्।

बिहारको सीतामढीमा पतिको निधनपछि विधवा बनेकी रंजीता देवरको प्रेममा परेकी थिइन्। परिवार र समाजको विरोधका बीच उनले महिला प्रहरी थानामा गएर देवरसँग लगनगाँठो कस्दै पुन: सिन्दुर पोते, चुरा लगाएकी हुन्।

विहेको वर्षौपछि रंजीता खुशी देखिइन् भने बुहारीलाई एकपटक फेरि दुलहीका रुपमा देखेर ससुराली परिवार पनि हर्षित थियो।

देवरको नाम सन्तोष साहनी हो। जसले आफ्ना दाईको निधनपछि भाउजुसँग प्रेम गरे। दुई वर्षको प्रेमपछि विहेको प्रस्ताव पनि गरे। एक सन्तानकी आमासमेत रहेकी रंजीताले स्वीकारिन्। तर समाजको डरले सन्तोष हच्किएका पनि थिए।

रंजीता र दिनेश साहनीको विहे ५ वर्षअघि भएको थियो। विहेको ३ वर्षपछि दिनेशको करेन्ट लागेर निधन भयो। रंजीता विधवा भइन्। विस्तारै विस्तारै उनको आफ्नै देवरसँग प्रेम बस्यो।

दुई वर्षको अवधिमा दुबै प्रेमको यति उत्कर्षमा पुग्यो कि परिवार, गाउँ, समाजमा समेत चर्चा हुन थाल्यो। तर, समाजको दबाब र आलोचनाका कारण सन्तोष रंजीतासँग विहे गर्न डराए।

यद्यपि रंजीता देवरसँगको प्रेममा प्रतिबद्ध थिइन्। समाजलाई चुनौती दिँदै उनी महिला प्रहरी थाना पुगिन्। माइती र ससुराली परिवारको सहमतिमै देवरसँग विहे गरिन्। विहेपछि देवर-भाउजुको सम्बन्ध पति पत्नीमा परिणत भयो। दुबैले महिला थानाका प्रहरी अफिसरबाट आशीर्वाद लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell