सिराहा : सिरहामा महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोलबजार नगरपालिका-१० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मुखियाँ लगायत ५ जनाले भदौ १३ गते ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये २ जनालाई नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
