काठमाडौं: शुक्रवार १४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ९ जना पुरुष र ५ जना महिलाको संक्रमणका कारण मृत्यु भएको बताए। बिहीवार १२ जनाको मृत्यु भएकोमा आज १४ जनाको मृत्यु भएको हो।
हालसम्म नेपालमा मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।
कहाँ कहाँ भयो मृत्यु?
काठमाडौंका ३ जना महिलाको निधन भएको छ। संक्रमणका कारण ८२, ८७ र २२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै रुपन्देहीकी ६४ वर्षीया महिलाको पनि मृत्यु भएको छ।
शुक्रवार ९ जना पुरुषको निधन भएको छ।
मृत्यु हुनेमा ५५ वर्षका दुई जना छन्। धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षका पुरुषको संक्रमणका कारण मृत्यु भएको हो।
आज १३ सय ५९ जना संक्रमित थपिएका छन्।
