PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरका ६० सहित शुक्रवार प्रदेश १ मा १ सय ४५ जना संक्रमित थपिए



फूलमाया पुरी

विराटनगरका ६० सहित शुक्रवार प्रदेश १ मा १ सय ४५ जना संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा शुक्रवार १ सय ४४ जना कोरोना संक्रमित थपिएका छन्। जुन प्रदेश १ मा हालसम्मकै उच्च हो। शुक्रवार २ हजार १ सय ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा ५३ महिला र ९१ पुरुषमा संक्रमण देखिएको हो।

जसमा मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्बु, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ५ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा मात्र शुक्रवार ६० जनामा संक्रमण पुष्टि भएको छ। जसमा २५ महिला र ३५ जना पुरुष रहेका छन्। त्यस्तै, मोरङको बुढीगंगामा २ महिला र ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १/१ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, सुनसरीको दुहवीमा ७ महिला र ६ पुरुष, इटहरीमा १ महिला र ९ पुरुष, धरानमा १ महिला र २ पुरुष, इनरुवामा २ पुरुष, गढीमा १ महिला र १ पुरुष, बर्जुमा १ महिला र १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको छ।

यता झापाको कनकाइ नगरपालिकाका ३ महिला र ८ पुरुष, दमकमा ३ महिला र २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३/३ तथा कचनकवल र गौरीगञ्जमा १/१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै, ओखलढुङ्गाको मानेभन्ज्याङमा २ महिला र २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्बु र खोटाङको स्थानीय तह नखुलेका १/१ पुरुष तथा प्रदेश १ बाहिरका १ महिला र ४ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको मन्त्रालयको तथ्यांकमा छ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ८ सय २५ पुगेको छ। प्रदेश १ मा शुक्रवार ७२ जना डिस्चार्ज भएका छन्।

शुक्रवार डिस्चार्ज हुनेहरुमा पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन केन्द्र, गोठगाउँबाट ३२, मेची अस्पताल झापाबाट १६, कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ११, होटल एशियाटिक आइसोलेसनबाट ७ जना रहेका छन्।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५, वि जेनरल अस्पताल आइसोलेसन केन्द्र हरिनगरबाट १ जना पनि शुक्रवार नै डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा हालससम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय १९ पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म ९५ हजार ४ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell