PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

बहुविवाह मुद्दामा फरार महिला २० महिनापछि पक्राउ



पहिलोपोस्ट

बहुविवाह मुद्दामा फरार महिला २० महिनापछि पक्राउ

तनहुँ : बहुविवाह मुद्दामा फरार रहेका प्रतिवादी व्यास नगरपालिका-१२ सुपारेडाँडा बस्ने ३४ वर्षीया बिष्णुमाया नेपालीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

बहु विवाह मुद्दामा तत्काल धरौटी दाखिला गरी थुनामुक्त भएकोमा जिल्ला अदालत तनहुँको २०७५ पुस १९ गतेको फैसलाले १ बर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेकी बिष्णुमायालाई खोजी गर्ने क्रममा उनकै घरबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो।

बिष्णुमायालाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell