PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

कोरोना संक्रमणका कारण हेटौँडाकी ५२ वर्षीया एक महिलाको मृत्यु



रासस

कोरोना संक्रमणका कारण हेटौँडाकी ५२ वर्षीया एक महिलाको मृत्यु
फाइल फोटो।

वाग्मती : वाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना संक्रमणबाट ५२ वर्षीया एक महिलाको शुक्रवार मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की ५२ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गराउने क्रममा मृत्यु भएको सो कलेजले जनाएको छ।

निमोनियाको उपचारका लागि यही भदौ १० गते भर्ना भएकी ती महिलामा भदौ ११ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। अस्पतालको सघन उपचार कक्षमा उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ। यससँगै कोरोनाबाट हालसम्म हेटौँडामा महिला र पुरुष गरी सात जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell