PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

अन्तर्राष्ट्रिय चार्टर्ड उडानमार्फत ६०१ नेपाली स्वदेश फर्किए



रासस

अन्तर्राष्ट्रिय चार्टर्ड उडानमार्फत ६०१ नेपाली स्वदेश फर्किए

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी आज सात अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन्।

हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौं ल्याएको छ। यस्तै, कोरियन एयरले सिओलबाट १९८ यात्रु ल्याएको छ। नेपालबाट फर्किदा चार यात्रु लगेको छ।

फलाई दुबईले दुबईबाट १५२ यात्रु काठमाडौं ल्याएको छ। आज नेपाल एयरलाइन्सले हङकङबाट चार हजार ८८७ किलो कार्गो नेपाल ल्याएको छ। कतार एयरवेजले १० हजार १३५ किलो कार्गो र दुई शव नेपाल ल्याएको छ।

शनिवार विभिन्न एयरलाइन्सका सात अन्तर्राष्ट्रिय उडान हुनेछन्।

आन्तरिकतर्फ आज सात उडान भएका छन्। कैलाश हेलीले बुटवल र मुस्ताङ आर्मीको हेलीले बागलुङ, सीता एयरको सिमिकोट, बुद्ध एयरको लोकल र मनाङ एयरको हेलीले खोटाङ र लुक्ला उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell