PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

भृकुटीमण्डपमा क्वारेन्टाइन बनाउँदै काठमाडौं महानगर

भृकुटीमण्डपमा क्वारेन्टाइन बनाउँदै काठमाडौं महानगर

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै काठमाडौं महानगरपालिकाले क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाउने कार्य सुरु गरेको छ।

महानगरले आफ्नो क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा क्वारेन्टाइन बनाउनेबारेमा छलफल गरिरहेको छ। यसबीच महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शुक्रवार भृकुटीमण्डपस्थित सभा हलको निरीक्षण गरिन्। त्यहाँ महानगरले क्वारेन्टाइन बनाउने योजना बनाएको छ।

उपमेयर श्रेष्ठले सभाहलको अवस्थाको बारेमा जानकारी लिइन्। साथै केहीदिन भित्र नै त्यहाँ क्वारेन्टाइन बनाउने काम सुरु गर्ने बताइन्।



ट्रेन्डिङ पोस्ट

Ncell