PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

मेस्सी अझै एक सिजन बार्सिलोना बस्ने



पहिलोपोस्ट

मेस्सी अझै एक सिजन बार्सिलोना बस्ने

बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले अर्को सिजन पनि बार्सिलोनाबाटै खेल्ने भएका छन्। उनको ‘रिलिज क्लज’ तिर्न कुनै पनि क्लबले सम्भव नभएको र उनी बार्सलोनाविरुद्ध अदालत जान नचाहेकोले अर्को सिजनसम्मका लागि बार्सिलोनामै रहने पक्का भएको हो।

यसअघि मेस्सीले बार्सिलोनालाई फ्याक्स गर्दै आफू क्लबबाट बाहिरिन चाहेको उल्लेख गरेका थिए। त्यसयता रिजिल क्लजको विषयलाई लिएर बार्सिलोना र मेस्सी पक्षको दोहोरी नै चलेको थियो। ला लिगाले पनि बार्सिलोनालाई समर्थन गरेको थियो।

क्लबले मेस्सी जानका लागि ७०० मिलियन युरो ‘रिलिज क्लज’ लाग्ने बताउँदै आएको थियो।

‘मलाई लागेको थियो र म विश्वस्त पनि थिएँ कि म फ्रि'मा बार्सिलोना छोड्न सक्छु। अध्यक्षले पनि सिजन सकिएपछि छोड्न सक्ने बताउँदै आउनुभएको थियो।’ मेस्सीले भने, ‘अहिले उहाँहरुले मैले यो कुरा १० जुन अघि नभनेको भन्दै तर्क गर्नुभएको छ। जतिबेला हामी कोरोना भाइरसको महामारीका बीच प्रतिस्पर्धा गरिरहेका थियौं। र यसले सबै सिजन नै प्रभावित बनाइदियो।’

मेस्सीले यही क्लजका कारण क्लबमा फर्कने बताएका छन्।

उनले भनेका छन्, 'यही कारण म क्लबमा निरन्तरता दिन गइरहेको छु। जसको कारण हो म क्लबबाट बाहिरिन ७०० मिलियन क्लज तिर्ने एउटै विकल्प हो भनेर अध्यक्षले भन्नु भएको छ। जुन सम्भव छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell