PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

नाष्टले कोरोना परीक्षणका लागि एपीएफ अस्पताललाई दियो ‘मोबाइल स्वाब केलेक्सन भेहिकल’



रासस

नाष्टले कोरोना परीक्षणका लागि एपीएफ अस्पताललाई दियो ‘मोबाइल स्वाब केलेक्सन भेहिकल’
फाइल फोटो।

ललितपुर : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले कोरोना परीक्षणका लागि सहयोग पुर्‍याउन सशस्त्र प्रहरी बल अस्पताललाई घुम्ती स्वाब संकलन सवारी साधन तयार गरिदिएको छ। नाष्टका सचिव डा महेशकुमार अधिकारीले सशस्त्र प्रहरी उपरीक्षक डा शैलेन्द्र श्रेष्ठलाई आज यहाँ ‘मोबाइल स्वाब केलेक्सन बुथ भेहिकल’ हस्तान्तरण गरे।

सो सवारी साधन विभिन्न सशस्त्र प्रहरी ब्यारेकमा कोरोना परीक्षणका लागि प्रयोग ल्याइने र आवश्यक परेको खण्डमा सर्वसाधारको पनि परीक्षण गरिने जनाइएको छ।

नाष्टका प्रविधि संकाय प्रमुख डा रवीन्द्रप्रसाद ढकालले कोरोना जोखिम बढ्दै जाँदा यसबाट सुरक्षित रहन ‘अनुसन्धान र विकास’ मा ध्यान दिन आवश्यक भएको बताए। वरिष्ठ प्रविधि अधिकृत डा शंकर ढकालले ‘मूलुकका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ भन्ने नारालाई आत्मसात गर्दै आफूहरुले महेन्द्रा स्कोर्पियो पिक अपमा दुई वटा स्वाब संकलन केन्द्र तयार गरेको जानकारी दिए।

यसअघि नाष्टले गत साउन १२ गते नेपाल प्रहरी अस्पताललाई ‘मोबाइल स्वाब कलेक्सन भ्यान’ नामक एक एम्बुलेन्स तयार गरी हस्तान्तरण गरिसकेको छ। नाष्टले पहिलो चरणमा साउन १० गते यसैगरी बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नेपाली सेनाको सहयोगमा ‘मोबाइल स्वाब कलेक्सन भेइकल’ निर्माण गरी कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ। सो भेइकल हाल देशका विभिन्न सरकारी निकायमा कोरोना परीक्षणका लागि प्रयोग भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell