PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

वार्नरको अर्धशतकले टारेन अस्ट्रेलियाको हार, सिरिजको पहिलो खेलमा इङ्ग्ल्याण्ड २ रनले विजयी



पहिलोपोस्ट

वार्नरको अर्धशतकले टारेन अस्ट्रेलियाको हार, सिरिजको पहिलो खेलमा इङ्ग्ल्याण्ड २ रनले विजयी

इङ्ग्ल्याण्ड अस्ट्रेलिया टी २० सिरिज अन्तर्गत गएराति भएको सिरिजको पहिलो खेलमा घरेलु टोली इङ्ग्ल्याण्डले विजयी सुरुवात गरेको छ। कोरोना महामारी पछि पहिलो खेल खेलेको अस्ट्रेलियाले २ रनको पराजय ब्यहोर्दै खेलमा फर्कियो। यो सँगै ३ खेलको सिरिजमा इङ्ग्ल्याण्डले १-० ले अग्रता लियो।

टसहारेर ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले ७ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। जसका लागि डेविड मलानले सर्वाधिक ६६ रन बनाउँदा जोस बटलरले ४४ रन बनाए। त्यस्तै क्रिस जोर्डनले अभिजित १४ रन बनाउँदा अन्य ब्याट्म्यानले दोहोरो अंकको रन जोड्न सकेका थिएनन्। उता अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, केन रिचार्डसन र एस्टोन एगरले समान २/२ विकेट लिए भने प्याट कमिङ्सले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलिया १६० रनमा समेटिँदा २ रनले पराजित भयो। अस्ट्रेलियाका लागि डेविड वार्नरको सर्वाधिक ५८ रन, कप्तान आरोन फिन्सको ४६ रन तथा मार्कस स्टोइनिसले २३ रन जोडे। यद्यपि टी २० विश्ववरीयतामा पहिलो स्थानमा रहेको अस्ट्रेलिया झिनो अन्तरले पराजित हुन पुग्यो।

इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चर र आदिल राशिदले समान २/२ विकेट तथा मार्क उडले १ विकेट लिए।

सिरिजको दोस्रो खेल भोलि साँझ साउथह्याम्टनमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell