PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

४० लाख कटे भारतमा संक्रमित, १३ दिनमा थपिए १० लाख केस



पहिलोपोस्ट

४० लाख कटे भारतमा संक्रमित, १३ दिनमा थपिए १० लाख केस

नयाँ दिल्ली : भारतमा कोभिड-१९ संक्रमितको संख्या ४० लाख पार भएको छ। संक्रमितको संख्या ३० लाख क्रस गरेको १३ दिनमा भारतमा १० लाख नयाँ केस थपिएको हो।

संक्रमितको संख्याले ४० लाखको सीमा पार गरेको दिन भारतमा ८७ हजार ८ सय जना नयाँ संक्रमित थपिएका छन्। भारतमा एक दिनमा थपिएका संक्रमितको यो संख्या चीनमा सुरुदेखि अहिलेसम्म पहिचान भएका कूल संक्रमितको संख्या बराबर हो।

४० लाखभन्दा धेरै संक्रमित हुने भारत तेस्रो मुलुक हो। अमेरिका र ब्राजिल भारतभन्दा अगाडि छन्। अहिलेकै रफ्तारमा संक्रमितको संख्या थपिने हो भने भारतले ब्राजिललाई पछि पार्न धेरै दिन कुर्नुपर्ने छैन।

भारतमा १० लाख संक्रमितबाट ५० लाख संक्रमित पुग्न ५० दिन लागेको छ। यति नै दरमा संक्रमितको संख्या बढ्न ब्राजिललाई ७५ दिन र अमेरिकालाई ८६ दिन लागेको थियो। संक्रमितको संख्याको आधारमा अमेरिका र ब्राजिलमा भन्दा भारतमा मृत्यु दर भने केही कम छ। भारतमा अहिलेसम्म ६९ हजार ५ सय ५२ जना संक्रमितको मृत्यु भएको छ। यति नै संक्रमित हुँदा अमेरिकामा १ लाख ४० हजार र ब्राजिलमा १ लाख २० हजार मानिसको ज्यान गुमेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell