PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नेसन्स लिग: इटली बराबरीमा रोकियो, पोल्याण्डमाथि नेदरल्याण्डसको जित



पहिलोपोस्ट

नेसन्स लिग: इटली बराबरीमा रोकियो, पोल्याण्डमाथि नेदरल्याण्डसको जित

युइएफए नेसन्स कप अन्तर्गत गएराति भएको समूह ए को खेलमा इटली बोस्निया एण्ड हर्जगोभ्नियाँसँग बराबरीमा रोकिएको छ। इटलीको फ्लोरेन्समा भएको खेलमा घरेलु टोली १-१ को बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा हर्जगोभ्नियाँले अग्रता बनाएको थियो। खेलको ५७ औं मिनेटमा एडिन ड्जेकोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। यद्यपि त्यसको १० मिनेटमै इटलीले खेल बराबरीमा ल्यायो। ६७ औं मिनेटमा स्टेफानो सेन्सीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुवै तर्फबाट गोल नहुँदा खेल बराबरीमा टुंगियो।

अर्कोतर्फ समूह ए कै अर्को खेलमा नेदरल्याण्डले पोल्याण्डमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो। एमस्टरडम एरेना स्टेडियममा भएको खेलमा घरेलु टोलीले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रहेको खेलमा दोस्रो हाफमा घरेलु टोलीले निर्णायक गोल गरेको थियो। दोस्रो हाफमा स्टेभन बेर्ग्विज्नले नेदरल्याण्डसको जितका लागि निर्णायक गोल गरे। उनले खेलको ६१ औं मिनेटमा गोल गरेका थिए।

नेसन्स कपको समूह ए मा नेदरल्याण्डस, बोसनिया एण्ड हर्जगोभनिया, इटली र पोल्याण्ड रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell