PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

संक्रमित संख्या ह्वात्तै थपिन थालेपछि खराब मुलुकको यात्रामा नेपालको छलाङ



पहिलोपोस्ट

संक्रमित संख्या ह्वात्तै थपिन थालेपछि खराब मुलुकको यात्रामा नेपालको छलाङ

काठमाडौं : शुक्रवार १३ सय ५९ जना कोभिड १९ का संक्रमित पहिचान भएसँगै कोरोना भाइरसका कारण खराब हालतबाट गुज्रिरहेका मुलुकमा नेपालले छलाङ मारेको छ। यतिखेर सबैभन्दा धेरै प्रभावित मुलुकको सूचीमा नेपाल ५८ औं स्थानमा उक्लिएको छ।

उज्बेकिस्तान, स्विटजरल्यान्ड र काजिकिस्तानलाई पछि पार्दै नेपाल खराब मुलुकको सूचीमा थप अगाडि बढेको हो। संक्रमितको संख्यामा अब नेपाल अरमानिया, घाना, कोस्टारिका र अल्जेरियाको नजिक पुगेको छ।

नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ। २ सय ७१ जनाले यहाँ ज्यान गुमाइसकेका छन्।

खराब मुलुकको सूचीमा पहिलो स्थानमा अमेरिका छ। दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेको छ। संक्रमितको संख्या भारतमा तीब्र रुपमा बढिरहेको छ। अबको केही दिनभित्रै भारत खराब हालत भोगिरेको मुलुकको दोस्रो स्थानमा उक्लिने छ।

दक्षिण एसियामा भारतपछि धेरै संक्रमित बंगालदेशमा छन्। खराब मुलुकको सूचीमा बंगलादेश १४ औं स्थानमा छ। त्यसपछि पाकिस्तान १७ औं स्थानमा छ। पाकिस्तानले पछिल्लो समय संक्रमित दरलाई नियन्त्रणमा राख्न सफल भएको छ। उसले विद्यालयहरुसमेत खोल्ने तयारी गरेको छ।

अफगानिस्तान भने नेपालभन्दा पछाडि रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell