PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु



फूलमाया पुरी

धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगर : धरानस्थित बीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ।

मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ११ की एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ४३ वर्षीया महिलाको शुक्रवार साँझ ६:३० बजे मृत्यु भएको हो।

गत भदौ १८ गते बिहान १०:३० बजे प्रतिष्ठानमा भर्ना भएकी ती महिलामा १७ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो।

ती महिलामा तीन दिनदेखि श्वासप्रश्वासमा समस्या, पेट र छाती दुख्ने समस्या भएकाले न्यूरो अस्पताल विराटनगरमा उपचाररत थिइन्। विगत ४ वर्षदेखि उच्च रक्ताचापकी दीर्घ रोगी उनमा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरो अस्पतालबाट रेफर गरिएको थियो।

कोरोना संक्रमणबाट मृत्यु भएकाले नियम अनुसार शव व्यवस्थापन हुने प्रतिष्ठानले बताएको छ।

बीपीमा हालसम्म कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या २२ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell