PahiloPost

May 15, 2025 | २ जेठ २०८२

वीरगंजमा थप दुई जनाको मृत्यु : एकजना संक्रमित, एक आशंकित



राधेश्याम पटेल

वीरगंजमा थप दुई जनाको मृत्यु : एकजना संक्रमित, एक आशंकित

वीरगंज : पर्साको वीरगंजमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना कोरोना संक्रमित रहेका छन् भने एक जना कोरोनाको शंकास्पद विरामी रहेको बताइएको छ।

पर्सा, पकहामैनपुर वडा नं २ का ७५ वर्षीय वृद्धको गएराति साढे ११ बजे गण्डक कोभिड अस्पतलामा मृत्यु भएको हो।

शनिवार बिहान २ बजेर ३५ मिनेटमा एक जना १२ वर्षीय बालकको शंकास्पद अवस्थामा उपचारको क्रममा नारायणी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको नारायणी अस्पतलाका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी गराए। दुवै जनाको मृत्यु कडा निमोनियाको कारण भएको उनले बताए।

पकहामैनपुरका वृद्धमा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। गण्डक कोभिड अस्पतालमा भर्ना भई उपचार गराउँदै आएका थिए। पर्सागढी ३ विरुवगुठीका १२ वर्षीय बालक हिजो दिउँसोमात्र नारायणी अस्पतलामा भर्ना भएका थिए। शंकास्पद मृत्यु भएका बालकको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी पीसीआर प्रयोगशालामा पठाइएको छ।

गण्डकमा मृत्यु भएका वृद्धको शव व्यवस्थापनका लागि तयारी भइरहेको छ। ७५ वर्षीय वृद्ध क्षयरोगी पनि रहेका थिए। दुवै जनाको श्वासप्रश्वासमा समस्या आएपछि मृत्यु भएको थियो। यससँगै पर्सामा कोरोना संक्रमणले मृत्यु हुनेको सख्या ४० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell