PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

भेन्टिलेटरमा उपचार भइरहेको दुई संक्रमितको मृत्यु



पहिलोपोस्ट

भेन्टिलेटरमा उपचार भइरहेको दुई संक्रमितको मृत्यु

काठमाडौं : बुटवलमा दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए। ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुवैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell