PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गजल : गुफामा बस्ने बानी...



पहिलोपोस्ट

गजल : गुफामा बस्ने बानी...

  • सञ्जय मानन्धर

गुफामा बस्ने बानी मेरो, कालो रातले के हुन्छ र?

सागरमा बस्ने बानी मेरो, त्यो वर्षातले के हुन्छ र?

 

सोचेकै थिइनँ मैले त, फूलले काँडाझैँ घोच्छ भनी।

घाइते भई बेहोश भएँ, बज्रपातले के हुन्छ र?

 

तिखा तिम्रा काँडेदार हातले, मेरो मायालु आँखालाई घोच्यो।

आँखाहरु अन्धा भएपछि, लामो हातले के हुन्छ र?

 

सहन सक्छु म त प्रिय, तिमीले जे भन्दा पनि।

छुरा बोली पचिसक्यो, सानो बातले के हुन्छ र?

 

तिम्रो त्यस्तो निर्णयले मलाई छुनै सक्दैन प्रिय।

महाकष्ट सहने बानी, सानो घातले के हुन्छ र?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell