PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु



रासस

रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु

लहानः सिरहा चौहर्वा सडक खण्ड अन्तर्गत सिरहाको नरहा गाउँपालिका ५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्याक्टर मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्।

चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नम्बरको ट्याक्टरमा गए राति 'अन टेस्ट' नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका ५ निवासी १९ वर्षीय अमलेश महतो र सोही ठाउँका २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएकामा उपचारका क्रममा दुवैको मृत्यु भएको हो।

दुर्घटनामा परी १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएको र उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell