PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लेनदेन विवादमा साथीको हत्या, मोटरसाइल चलाउन लगाएर पछाडिबाट गरे कर्द प्रहार



पहिलोपोस्ट

लेनदेन विवादमा साथीको हत्या, मोटरसाइल चलाउन लगाएर पछाडिबाट गरे कर्द प्रहार

काठमाडौं : झापा, शिवसताक्षी नगरपालिका वडा नम्बर १९ का २९ वर्षीय गोमन सिंह मगरको हत्या गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाको टोलीले शुक्रवार शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय मन कुमार लिम्बुलाई नियन्त्रणमा लिएको हो।

काटिएको शव भदौ १७ गते बिहान शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित जङ्गलमा फेला परेको थियो। स्थानीयले इलाका प्रहरी कार्यालय झिलझिलेमा शव देखेपछि खबर गरेका थिए। त्यसपछि १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समूह (RIT) को टोली, जिल्ला प्रहरी कार्यालय झापाको टोली,  अभियुक्तको खोजीको लागि सङ्घीय प्रहरी  कार्यालय धरानबाट डग शाखाको केनाईन टोली झिकाएर अनुसन्धानमा खटाइएको थियो।

पक्राउ परेका लिम्बुले लेनदेनको विषयमा विवाद हुँदा भदौ १६ गते मगरलाई राति बोलाएर आफैँले हत्या गरेको स्वीकारेको प्रहरीले जानकारी दिएका छन्। भदौ १६ गते साँझ मगर घरबाट साथीलाई भेट्न जान्छु भनी निस्किएका थिए। त्यसपछि उनी परिवारको सम्पर्कमा आएका थिएनन्।                                                फालिएको सामान खोज्दै

गोमन सिंह मगरले प्रदेश ०१-०१०१२ प ५२२५ नम्बरको मोटरसाइकल लिएर भेट्न पुगेका थिए। त्यसपछि उनीहरू हावा खाई फ्रेस हुन भन्दै सताक्षी धाम मन्दिर गएको अनुसन्धानमा खुलेको छ। मोटरसाइकल बिस्तारै चलाउन लगाइ लिम्बुले मोटरसाइकल चलाइरहेकै अवस्थामा पछाडिबाट योजना अनुसार आफूले बोकेर ल्याएको धारिलो हतियार (कर्द) प्रयोग  गरी लिम्बुको घाटीमा रेटी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

घाटी काटेपछि मोटरसाइकलबाट लडेका मगरलाई कसैले नदेखोस् भनी केही पर लगी बाटो सडकदेखि पुर्वपट्टी जङ्गलमा लगेर लडाइदिएका थिए। सडकमा लडेको मगरलाई पुन:घाटीमा पटक-पटक कर्दले प्रहार गरी मारेको र सडकको नालीमा फालेको बयानमा लिम्बुले बताएका छन्। त्यसपछि  मगरले बोकेको मोबाइल, धारिलो हतियार कर्द र आफ्नो मोबाइल समेत लिम्बुले झिलझिलेको खोलामा फालेका थिए।                                                   घटनास्थलमा फेला परेको मोटरसाइकल

प्रहरीले लिम्बुलाई पक्राउ गरेपछि प्रहरी टोली, स्थानीय जन प्रतिनिधि र स्थानीय मानिसहरू समेतको सहयोगमा खोलाको पानीलाई एक्स्काभेटर प्रयोग गरेर खोजी गर्दा फालिएको सामान फेला परेको प्रहरीले जानकारी  दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell