PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

चार दिनदेखि हराइरहेकी अल्का अस्पतालकी कर्मचारी जंगलमा मृत अवस्थामा फेला, एक युवक नियन्त्रणमा



पहिलोपोस्ट

चार दिनदेखि हराइरहेकी अल्का अस्पतालकी कर्मचारी जंगलमा मृत अवस्थामा फेला, एक युवक नियन्त्रणमा

काठमाडौं : ललितपुरको अल्का अस्पतालमा कार्यरत् एक महिलाको शव फेला परेको छ।

शुक्रवार साँझ अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको शव गोदावरी नगरपालिका १० स्थित मुलडोलस्थित लेलेको जंगलमा फेला परेको प्रहरीले जानकारी दिएको छ। 'उहाँको शव जंगलमा फेला परेको छ। हत्या वा के हो भन्ने अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने।

बुङमति बस्दै आएकी गीता घरबाट हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए। उनी चार दिनदेखि बेपत्ता थिइन्।

घटनाको अनुसन्धानको क्रममा प्रहरीले एक युवकलाई पनि नियन्त्रणमा लिएको छ।

'अनुसन्धानमा केही शंका लागेर नियन्त्रणमा लिएका हौँ। अहिले नै यही हो भन्ने अवस्था छैन,' एसएसपी राईले भने। ती युवक महिलाको आफन्त पर्ने हुन्।

महिलाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। शरिरको अन्य भागमा भने गहिरो चोट देखिदैन। मुखमा भने कालो दाग जस्तो देखिएको छ।

'शव घोप्टो परेको अवस्थामा थियो। धेरै दिन भएर हो वा कुनै चोटले हो मुखमा कालो देखिन्छ। अब पोस्टमार्टम रिपोर्टमा केही खुल्ला,' महानगरीय प्रहरी वृत चाँगागाउका डिएसपी कृष्णराज ओझाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell