PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लकडाउनमा रक्तदान : रगत अभाव हुन नदिन जुटे गोकर्णेश्वरका युवा

लकडाउनमा रक्तदान : रगत अभाव हुन नदिन जुटे गोकर्णेश्वरका युवा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको चामुण्डा उच्च माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भयो। नगरपालिकाको स्वयं सेवक परिचालन समिति र नारायणटार युवा क्लवले शनिवार संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो।

कुल ९० जनाले रगत दान गरेका छन्। कोरोना भाइरस महामारी र लकडाउनका कारण रगत अभावलाई मध्य नजर गर्दै कार्यक्रम आयोजना गरेको बताइएको छ।

कोभिड–१९ संक्रमण हुनुअघि केन्द्रीय रक्तसञ्चार सेवामा दैनिक १ सय ५० पिन्ट रगत संकलन हुने गरेकामा हाल यो दर घट्दो भएका कारण सुरक्षा नीति अपनाउँदै कार्यक्रम आयोजना गरेको दावी छ। सुरक्षित तवरले रक्तदान गर्दा गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संगठनले नै स्पष्ट पारेको छ।

‘यो महामारीको बेला कसलाई कहाँ कुन ठाउँमा रगत चाहिन्छ थाहा हुँदैन। तत्काल दिन जान सकिने अवस्था पनि छैन’, दाता एवं स्वयं सेवक समेत रहेका शङ्कर के.सि ले बताए।  

शनिवार नै गोकर्णेश्वर नगरपालिका ९ स्थित अरुणोदय माध्यमिक विद्यालयमा पनि रक्तदान कार्यक्रम आयोजना भएको थियो। जसका मासिक १०० अभियान नेपाल र स्थानीय आरुबारी हातेमालो युवा समूहले समन्वयन गर्‍यो। त्यहाँ ४७ जनाले रक्तदान गरे।



ट्रेन्डिङ पोस्ट

Ncell