भारतमा पछिल्लो २४ घण्टामा ८६ हजारभन्दा बढी संक्रमित थपिएका छन्। शुक्रवार मात्र त्यहाँ ८६ हजार ४ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो हालसम्मकै सर्वाधिक दैनिक संक्रमित संख्या हो।
त्यहाँ ४० लाख २३ हजार १ सय ७९ मानिसमा संक्रमण पुष्टि भएको छ। जसमध्य ८ लाख ४६ हजार ३ सय ९५ वटा केस एक्टिभ छ। ३१ लाख ७ हजार २ सय २३ जना संक्रमण मुक्त भइसकेका छन्।
भारतमा हालसम्म ६९ हजार ५ सय ६१ जना संक्रमितको ज्यान गइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८९ जनाको मृत्यु भएको छ।
