काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा ४४ हजार २३६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएकामध्ये ५७.८ प्रतिशत निको भइसकेका छन्। संक्रमण पुष्टि भएकामध्ये २७१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
जुन ०.६ प्रतिशत हो। हाल ४१.६ प्रतिशत सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्लेख छ। शुक्रवार मात्र नेपालमा १४ मृत्युसहित एक हजार ३५९ जनामा संक्रमण पुष्टि हुँदा एक हजार ३५४ जना संक्रमित निको भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
कुन प्रदेशमा कस्तो छ अवस्था?
पछिल्लो तथ्यांकअनुसार हाल दुई वटा प्रदेशमा संक्रमितको संख्या १० हजार माथि कटेको छ। प्रदेश २ मा ११ हजार ९६६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइको छ। वागमती प्रदेशमा पनि संक्रमितको संख्या १० हजार कटेको छ। वागमतीमा १० हजार २५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकमा उल्लेख छ।
त्यस्तै प्रदेश ५ मा ६ हजार ९८४ जनामा संक्रमण पुष्टि हुँदा सुदुरपश्चिम प्रदेशमा ६ हजार १६९ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश १ मा तीन हजार ८८०, कर्णालीमा दुई हजार ६४१ र, गण्डकीमा दुई हजार ५७१ जनामा संक्रमण पुष्टि भएको छ।
सबैभन्दा बढी सक्रिय केस वागमती प्रदेशमा छन्। वागमतीमा ७ हजार ८८४ जना संक्रमित उपचारकै क्रममा रहेका छन् भने ७४ जनाको मृत्यु भएको छ।
प्रदेश २ मा ४ हजार ५०९ सक्रिय संक्रमित छन्। त्यहाँ ९९ जनाको मृत्यु भइसकेको छ। प्रदेश १ मा एक हजार ८५४ संक्रमित उपचारका क्रममा छन् भने २८ जनाको मृत्यु भएको छ।
प्रदेश ५ मा एक हजार ६७५ संक्रमित आइसोलेसनमा छन्। संक्रमितमध्ये ३९ जनाको मृत्यु भएको छ। सुदुरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको छ। त्यहाँ एक हजार १५३ जना उपचारका क्रममा छन्। त्यस्तै गण्डकी प्रदेशमा ८२३ सक्रिय संक्रमित र मृत्यु १६ छ।
कर्णालीमा सबैभन्दा कम मृत्यु र सक्रिय केस छन्। कर्णालीमा ५०० संक्रमित उपचारका क्रममा आइसोलेनसमा छन् भने ५ जनाको मृत्यु पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यी हुन एक हजारमाथि संक्रमित पुष्टि भएका जिल्ला
हाल १४ जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या एक हजार भन्दा माथि छ। सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा छन्। काठमाडौंमा ५ हजार ८ जना संक्रमित पहिचान भएका छन्। जसमध्ये महिला एक हजार ९७६ र चार हजार ३२ पुरुष छन्। त्यस्तै पर्सा जिल्लामा २ हजार ४५१ जनामा संक्रमण पुष्टि हुँदा सर्लाहीमा दुई हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ।
यी हुन ५०० बढी एक्टिभ केस भएका जिल्ला
संक्रमण पुष्टि भएसँगै निको भएर फर्किनेको संख्या पनि ५६ प्रतिशत रहेको छ। हाल ५०० भन्दा बढी एक्टिभ केस भएका जिल्लाहरु १२ वटा छन्।
प्रदेश १ र वागमतीका २/२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित छन्। त्यस्तै प्रदेश २ का ६ वटा र प्रदेश ५ मा १ जिल्लामा ५०० बढी सक्रिय संक्रमित छन्।
सबैभन्दा बढी एक्टिभ केस काठमाडौंमा छन्। काठमाडौंमा ५ हजार १२५ संक्रमित उपचारका क्रममा आइसोलेसनमा छन्। त्यस्तै मोरङमा ८९७ जना संक्रमित आइसोलेसनमा छन्।