PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

म्यान भर्सेस वाइल्डको फोटोमा अक्षयको क्याप्सन : रसोडे मे बीयर ग्रील्स था



पहिलोपोस्ट

म्यान भर्सेस वाइल्डको फोटोमा अक्षयको क्याप्सन : रसोडे मे बीयर ग्रील्स था

बलिउड अभिनेता अक्षय कुमार बीयर ग्रील्ससँगै ‘म्यान भर्सेस वाइल्ड’मा देखिँदै छन्। एडभेन्चर मन पराउने उनी बीयरसँगै जंगली जीवनको अनुभव बटुल्ने छन्। अक्षयले कार्यक्रमको एक फोटो ट्वीट गरेका छन्।

जंगलमा केही खाइ रहेको उक्त फोटोसँगै त्यसको क्याप्सन रोचक छ। जहाँ उनले चर्चामा रहेको ‘रसोडेमे कौन था?’ मिमको प्रयोग गरेका छन्। लेखेका छन् : रसोडेमे बीयर (ग्रील्स) था। के तपाईंहरू अनुमान गर्न सक्नुहुन्छ उसले के पकायो होला?

उक्त मिम भारतीय टेलिश्रृङ्खला ‘साथ निभाना साथिया’को एक संवादबाट लिइएको हो। त्यस संवादमा संगीत मिसाएर गीत जसरी प्रस्तुत गरे यशराज मुखाटेले। त्यसपछि उक्त र्‍याप भाइरल भयो।

तस्विरमा बीयर केही खाइरहेका छन् र अक्षय उनलाई नियाल्दै छन्।

यसअघि भारतीय प्रधानमन्त्री, रजनिकान्त लगायत पनि ‘म्यान भर्सेस वाइल्ड’मा गइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell