PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सुदूरपश्चिममा शनिवार थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिममा शनिवार थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा शनिवार थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो।

तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २४, बझाङका १६, कञ्चनपुरका तीन र डोटीका दुई जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा धनगढी उप-महानगरपालिका वडा नम्बर ५ का एक महिला र तीन पुरुष गरी चार जना, वडा नम्बर ३ का दुई महिला र दुई पुरुष गरी चार जना, धनगढीको वडा नखुलेका एक महिला र दुई पुरुष गरी तीन जना र वडा नम्बर ७ का एक पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

कैलालीकै गोदावरीका १२ जना, कञ्चनपुरको पुनर्वासका दुई जना र भीमदत्तनगरका एक जनामा पनि संक्रमण पुष्टि भएको उनले जानकारी दिए। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ।

उता डडेल्धुरा प्रयोगशालामा शनिवार सुदूरपश्चिमका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले शनिवार कोरोना पुष्टि भएका सबै बझाङका रहेको जानकारी दिए। उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय १० जनाको थ्रोट स्वाबको नमुना परीक्षण गरिएको छ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा डोटीका दुई जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित दुवै जना पुरुष हुन् भने उनीहरु डोटीको सायल गाउँपालिका वडा नम्बर ६ का हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell