PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

संकटमा रगत अभावसँग जुँध्न हातेमालो र मासिक सय अभियान समूहले गर्‍यो रक्तदान कार्यक्रम



पहिलोपोस्ट

संकटमा रगत अभावसँग जुँध्न हातेमालो र मासिक सय अभियान समूहले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं : शनिवार गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ मा रक्तदान कार्यक्रम आयोजना भयो। आरुबारी हातेमालो युवा समूह र मासिक १०० अभियानले अरुणोदय माध्यमिक विद्यालयमा संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा ४७ जना दाताले रगत दान गरे। महामारी र निषेधाज्ञाका कारण भएको रगत अभावलाई ध्यानमा राख्दै रगत संकलन गरिएको हातेमालो युवा समूहका अध्यक्ष विजेन्द्र लामाले बताए। भने,’संकटको समयमा ब्लड बैंकमा पनि रगतको अभाव भएको थाहा पाए पछि कार्यक्रम आयोजना गरेका हौं।‘ 

उनले रगत दान गर्न आएकाहरूलाई अनिवार्य मास्कको प्रयोग र सामाजिक दूरी कायम गराएको जानकारी दिए।

कार्यक्रमको आर्थिक जिम्मेवारी गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले लिएको थियो। कार्यालयले मास्क, पञ्जा, स्यानिटाइजर लगायत आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराएको हो।

‘सुरक्षा मापदण्ड र सावधानी अपनाउँदै कार्यक्रम सम्पन्न भएको छ’, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष राजिव थापाले भने। महामारी र निषेधाज्ञाबाट प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रभावित परिवार वा व्यक्तिका लागि सहयोग पुर्‍याउन वडा कार्यालय प्रतिवद्ध रहेको बताए। 

कोभिड–१९ संक्रमण हुनुअघि केन्द्रीय रक्तसञ्चार सेवामा दैनिक १ सय ५० पिन्ट रगत संकलन हुने गरेकामा हाल यो दर घट्दो भएका कारण सुरक्षा नीति अपनाउँदै कार्यक्रम आयोजना गरिएको हो।

सुरक्षित तवरले रक्तदान गर्दा, गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संगठनले नै स्पष्ट पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell