PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स हाप्किडो च्याम्पियनसिपमा आयोजक नुवाकोटलाई स्वर्ण



पहिलोपोस्ट

राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स हाप्किडो च्याम्पियनसिपमा आयोजक नुवाकोटलाई स्वर्ण

काठमाडौं : प्रथम राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स हाप्किडो च्याम्पियनसिपमा आयोकज टोली च्याम्पियन भएको छ। नेपाल मार्शल आर्ट्स हाप्किडो संघको व्यवस्थापन तथा नुवाकोट जिल्ला मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा शनिवार भएको प्रतिस्पर्धामा नुवाकोटका चार खेलाडीले स्वर्ण जितेका हुन्।

समीर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङ रहेका निर्णायक टोलीले आयोजक नुवाकोटलाई च्याम्पियन बनाएका हुन्। त्यस्तै, दाङको टोली दोस्रो तथा कास्की तेस्रो भएको छ। दाङका चेतन वली र गोपाल बिके, कास्कीका कृतिका गिरी र अन्जना परियारले स्वर्ण जितेका थिए।

प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीले जनही दस हजार प्राप्त गरेको आयोजकका अध्यक्ष मनोज गुरुङले जानकारी दिए। यस्तै, रजत जित्ने खेलाडीले सात हजार पाँच सय र कास्य पदक जित्ने खेलाडीले पाँच हजार प्राप्त गरेको उनले जानकारी दिए। सहभागी सबै खेलाडीहरुले प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell