PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

सबै ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने नेपाल ओलम्पिक कमिटीको निर्णय



रासस

सबै ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने नेपाल ओलम्पिक कमिटीको निर्णय

काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ। कमिटीको आज बसेको भर्चुअल बैठकमा ओलम्पिक खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरिएको हो।

बैठकले ओलम्पियनसँगै हाल ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ। सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा अन्य तीन कर्मचारी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको जानकारी गराइएको थियो। केही दिन अघि कोरोनाबाट संक्रमित भएका ओलम्पियन जीतबहादुर केसीको स्वास्थ्यलाभको समेत कामना गरिएको कमिटीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell