PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

जमैका तल्लावाज पराजित, सन्दीपले लिए १ विकेट



पहिलोपोस्ट

जमैका तल्लावाज पराजित, सन्दीपले लिए १ विकेट

क्यारेबियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज पराजित भएको छ। तल्लाबाज बार्बाडोस ट्रिडेन्टससँग ७ विकेटले पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको तल्लावाजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदा १६१ रन बनाएको थियो। जसमा जर्मेइन ब्लाकउडले सर्वाधिक ७४ रन जोड्दा आन्द्रे रसेलले ५४ रन बनाए। त्यस्तै ग्लेन फिलिप्सले १७ रनको योगदान दिए। उता बार्बाडोसका लागि जोसुवा बिसोप, राशिद खान, जेसन होल्डर र हायदेन वासले १/१ विकेट लिए।

१६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गर्‍यो। जसमा जेसन होल्डरले सर्वाधिक ६९ रन जोडे। उनको विकेट सन्दीप लामिछानेले लिएका थिए। त्यस्तै जोनाथन कार्टरले ४२ तथा मिचेल स्यान्ट्नरले अभिजित ३५ रन जोड्दै चुनौती पुरा गरे।

९ खेलबाट ७ अंक जोडेको जमैका अंकतालिकाको शीर्ष ४ मा छ। त्यस्तै जित निकालेको बार्बाडोस ६ अंकसहित तालिकाको पाँचौ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell