PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

रहिम स्ट्रलिङको गोलमा इङ्ग्ल्याण्डको रोमाञ्चक जित



पहिलोपोस्ट

रहिम स्ट्रलिङको गोलमा इङ्ग्ल्याण्डको रोमाञ्चक जित

युइएफए नेशन्स कप अन्तर्गत गएराति भएको समूह बी को खेलमा इङ्ग्ल्याण्डले आइसल्याण्डमाथि संघर्षपूर्ण जित निकालेको छ। आइसल्याण्डमा भएको खेलमा अन्तिम समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै इङ्ग्ल्याण्डले १-० को साँघुरो जित निकालेको हो।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा दोस्रोहाफमा इङ्ग्ल्याण्ड र आइसल्याण्ड दुबैतर्फ एकएक जना खेलाडी रातो कार्ड खाँदै बाहिरिएका थिए। खेलको ७० औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै केल वाकर बाहिरिएका थिए भने ८९ मिनेटमा आइसल्याण्डका सेभिरिइर इन्गासोन बाहिरिए। यता इङ्ग्ल्याण्डका लागि पेनाल्टीमार्फत गोल गर्दै रहिम स्ट्रलिङले निर्णायक गोल गरे। अर्कोतर्फ आइसल्याण्डले पनि पेनाल्टीको मौका अतिरिक्त समयमा पाएको थियो। तर बिरकिर ब्जार्नासनले प्रहार गरेको बल गोलपोस्टभन्दा माथिबाट गएको थियो।

त्यस्तै समूह बी कै अर्को खेलमा बेल्जियमले डेनमार्कमाथि २-० को जित निकाल्यो। जेसन डेनियरको गोलमा ७ औं मिनेटमा अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा ड्राइज मेट्रेन्सको गोलमा अग्रता दोब्बर बनाएको थियो।

समूह बी मा बेल्जियम, इङ्ग्ल्याण्ड, आइसल्याण्ड र डेनमार्क छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell