युइएफ नेशन्स कप अन्तर्गत गएराति भएको खेलमा स्वीडेन माथि फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ। समूह सी अन्तर्गत स्वीडेनको फ्रेन्डस् एरेना स्टेडियममा भएको खेलमा फ्रान्सले १-० को संघर्षपूर्ण जित निकालेको हो।
फ्रान्सको जितमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकरसमेत रहेका किलियन एम्बाप्पेले निर्णायक गोल गरे। उनले खेलको ४१ औं मिनेटमा गोल गरेका थिए।
त्यस्तै अतिरिक्स समयमा फ्रान्सले पेनाल्टीको अवसर पनि पाएका थियो। यद्यपि यसमा स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकरसमेत रहेका एन्टोनी ग्रिजमेन चुके।
त्यस्तै समूह सी कै अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि ४-१ को फराकिलो जित निकालेको थियो।
समूह सी मा फ्रान्स, स्वीडेन, पोर्चुगल र क्रोएसिया छन्।
