PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोरोना भाइरसविरुद्ध चिनिया भ्याक्सिन : १० देशका ५० हजार मानिसमा परीक्षणको तयारी



पहिलोपोस्ट

कोरोना भाइरसविरुद्ध चिनिया भ्याक्सिन : १० देशका ५० हजार मानिसमा परीक्षणको तयारी

चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडका अनुसार चीनमा बनेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षणका लागि २ देशले अनुमति दिएको छ। शनिवार दिइएको जानकारी अनुसार यो भ्याक्सिनको अन्तिम क्लिनिकल ट्रायल बन्नेछ।

सर्बिया र पाकिस्तान ट्रायलका लागि तयार भएका हुन्। त्यस्तै अन्य दुई कम्पनीले भने सहमतीमा पुग्नु अघि थप डाटाको माग गरेको छ।

चीनमा कोरोना भाइरस संक्रमितको संख्या निकै कम भएका कारण चीनले भ्याक्सिनको क्लिनिकल ट्रायल अन्य देशमा गर्न लागेको हो।

सर्बियामा सीएनबीजीले उत्पादन गरेको दुई वटा भ्याक्सिनको परीक्षण हुने बीबीसी हिन्दीले जनाएको छ। यी दुवै भ्याक्सिन वुहान र बेइजिङको सीएनबीजी यूनिटमा तयार पारिएको हो।  पाकिस्तानमा भने बेइजिङ यूनिटमा तयार भ्याक्सिनको ट्रायल हुनेछ।

सीएनबीजीको तेस्रो चरणको परीक्ष१० देशका करिव ५० हजार मानिस सामिल हुने सम्भावना छ। संयुक्त अरब एमिरेट्स, बहरीन, पेरू, मोरक्को, अर्जेंटीना र जोर्डनमा यो परीक्षण सुरु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell