PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

१ सय ३४ नमुना परीक्षण गर्दा ३४ जनामा कोभिड १९ संक्रमण



पहिलोपोस्ट

१ सय ३४ नमुना परीक्षण गर्दा ३४ जनामा कोभिड १९ संक्रमण

काठमाडौं : भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला शनिवार रातिसम्म गरिएका थप परीक्षणमा ३४ जनामा कोभिड १९ पुष्टि भएको छ।

१ सय ३४ वटा नमुना परीक्षण गर्दा ३४ जनामा कोभिड पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। यसरी कोभिड पुष्टि भएका मध्ये १३ जना महिला रहेका छन्।

संक्रमितमध्ये २९  जना भरतपुर महानगरपालिकाका हुन् भने बाँकी नवलपुर र कास्की जिल्लाका रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell