PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

क्रोएसियामाथि पोर्चुगलको फराकिलो जित



पहिलोपोस्ट

क्रोएसियामाथि पोर्चुगलको फराकिलो जित

युइएफए नेशन्स लिग अन्तर्गत गएराति भएको समूह सी को खेलमा क्रोएसियाले पोर्चुगलमाथि फराकिलो जित निकालेको छ। पोर्चुगलको स्टेडियो डो ड्रागाओमा भएको खेलमा घरलु टोलीले ४-१ को फराकिलो जित निकालेको हो।

पहिलो हाफमा जोओ क्यानसेलोले ४१ औं मिनेटमा गरेको गोलमा पोर्चुगलले अग्रता बनायो। दोस्रोहाफमा डिएगो जोटाले पोर्चुगलको अग्रता दोब्बर बनाए। उनले खेलको ५८ औं मिनेटमा गोल गर्दा जोओ फिलिक्सले ७० औं मिनेटमा र आन्द्रे सिल्भाले अतिरिक्त समयमा गोल गरे। उता क्रोएसियाका लागि अतिरिक्स समयमा ब्रुनो पेटक्रोभिकले सान्त्वना गोल फर्काए।

गएराति नै भएको समूह सी कै अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि १-० को संघर्षपुर्ण जित निकालेको थियो।

समूह सीमा फ्रान्स, स्वीडेन, पोर्चुगल र क्रोएसिया छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell