PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

लगातार दैनिक हजारमाथि संक्रमित थपिँदा खराब मुलुकको सूचीमा पनि नेपालको छलाङ



पहिलोपोस्ट

लगातार दैनिक हजारमाथि संक्रमित थपिँदा खराब मुलुकको सूचीमा पनि नेपालको छलाङ

काठमाडौं : लगातार दैनिक हजार भन्दा धेरै संक्रमित थपिने क्रमसँगै विश्वका खराब मुलुकहरुको सूचीमा नेपालले आफ्नो रफ्तार बढाइरहेको छ।

कोरोना भाइरसका कारण सबैभन्दा खराब अवस्था बेहोरिरहेका मुलुकको सूचीमा शनिवार बिहानसम्म ६८ औं स्थानमा थियो नेपाल। साँझ संक्रमितको संख्या थपिएपछि यो सूचीमा नेपाल दुई फड्को मार्‍यो। अरमानिया र घानलाई पछि पार्दै नेपाल सूचीमा ५६ औं स्थानमा उक्लिएको छ।

पहिलो लकडाउनको अवधिमा नेपाल ६० औं स्थानमा थियो भने त्यसपछि फैलिएको संक्रमणका कारण लगाइएको निषेधाज्ञाको अवधिमा यो संख्या थप माथि पुगेको छ। नेपालमा संक्रमितको संख्या ४५ हजार पार भएको छ। संक्रमणबाट नेपालमा २ सय ८० जनाको मृत्यु भइसकेको छ।

अब नेपालभन्दा अगाडि अल्जेरिया, कोस्टारिका, भेनेजुएला, बहराइन लगायतका मुलुकहरु छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell