PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

अस्ट्रेलियामा लकडाउनविरुद्ध ‘स्वतन्त्रता’को नारासहित आन्दोलन, समातिए प्रदर्शनकारी



पहिलोपोस्ट

अस्ट्रेलियामा लकडाउनविरुद्ध ‘स्वतन्त्रता’को नारासहित आन्दोलन, समातिए प्रदर्शनकारी
EPA

अस्ट्रेलियन प्रहरीले लकडाउनविरुद्ध आन्दोलनमा निस्किएका दर्जनौंलाई पक्राउ गरेको छ। देशभर जारी आन्दोलनका प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको हो।

त्यहाँ मेलब्रनबाट कोरोना भाइरसको संक्रमण फैलन सुरु भएको हो। त्यहाँ जारी लकडाउनविरुद्ध ३ सय मानिस भेला भएका थिए। त्यस्तै सिड्नी, ब्रिसबेन, एडिलेड र पर्थमा पनि प्रदर्शन भइरहेको छ।

शुक्रवार मात्र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको आठमध्ये ७ राज्यहरूले आउँदो डिसेम्बर सम्ममा आन्तरिक सीमा खुला गर्ने बताएका थिए। उनले न्यूजिल्याण्डसँगको सीमा खुला गर्न सके पर्यटन क्षेत्रलाई राहत हुने र त्यसले देशको अर्थतन्त्रलाई फाइदा गर्ने बताएका हुन्।

‘कोभिड-१९ विरुद्ध भ्याक्सिन नबनेसम्म हामीले यसैगरी बाँच्नु पर्ने हुन सक्छ’, उनले चेतावनी दिए

त्यहाँ हालसम्म २६ हजार २ सय ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ। त्यस्तै कोभिड-१९ कै कारण मर्नेको संख्या ७ सय ४८ पुगेको छ।  कुल संक्रमितको ७५ प्रतिशत र मृतक संख्याको ९० प्रतिशत् भिक्टोरिया राज्यकै छ।

मेलब्रन जोखिम क्षेत्र भएका कारण त्यहाँ कडा प्रतिबन्ध गरिएको छ। मानिसहरूलाई घरभित्रै बस्न निर्देशन दिइएको छ।  अत्यावश्क बाहेक व्यापार, व्यवसाय र सार्वजनिक सभा, समारोहमा रोक लगाइएको छ।

यस्तोबीच मेलब्रनका आन्दोलनकारी ‘स्वतन्त्रता’ र ‘मानव अधिकार’को नारा लगाउँदै निस्किए। त्यहाँबाट मात्र १५ जना पक्राउ परेका छन्। जसमध्ये १४ जनामाथि लकडाउनको नियम भंग गरेको आरोप छ भने एकजनामाथि प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell