PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

चितवनमा थप एक संक्रमितको मृत्यु



पहिलोपोस्ट

चितवनमा थप एक संक्रमितको मृत्यु

काठमाडौं : चितवनमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। भरतपुरस्थित चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गराइरहेका भरतपुर-१५ का ७० वर्षका पुरुषको आइतवार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

भदौ १२ गते छातीमा समस्या आएपछि अस्पताल भर्ना भएका ती पुरुषमा १३ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। उपचारका क्रममा एक्यूट रेस्पिरेटरी फेलियर भई उनको बिहान ८: ३० बजे मृत्यु भएको लम्सालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell