PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

नेपाली अभिनेत्री भारतीय टेलिश्रृङ्खला 'तेनाली रामा'मा, निभाउँदै चिनियाँ युवतीको भूमिका



पहिलोपोस्ट

नेपाली अभिनेत्री भारतीय टेलिश्रृङ्खला 'तेनाली रामा'मा, निभाउँदै चिनियाँ युवतीको भूमिका

काठमाडौं : नेपाली अभिनेत्री निरिषा बस्नेत भारतीय टेलिश्रृङ्खलामा अभिनय गर्ने भएकी छिन्। ‘तेनाली रामा’ नामक हाँस्य टेलिश्रृङ्खलामा उनी चिनियाँ नागरिक ‘मोउ’को भूमिका निर्वाह गर्नेछिन्।

उनी अभिनित अङ्कको प्रोमो सार्वजनिक भएको छ। जसमा निरिषा चीनको सांस्कृतिक पहिरनमा प्रस्तुत छिन्। चिनियाँ लवजमा हिन्दी भाषाको संवाद बोल्दै हुन्छिन्।

निरिषाले इन्स्टाग्राममा एक तस्विरसहित नयाँ भारतीय प्रोजेक्ट बारे जानकारी दिएकी छिन्। उनले मोउ पात्र निर्माण आफ्ना लागि चुनौतिपूर्ण रहेको जनाउँदै लेखेकी छिन्,’तर मैले यो भूमिकाका लागि गरेको मिहेनत शब्दमा व्याख्या गर्न सक्दिँन।‘ 

सोमवार र शुक्रवार सोनी सबबाट प्रशारण हुँदै आएको टेलिश्रृङ्खला तेलुगु कवि तेनाली रामाकृष्णको जीवनकथामा आधारित छ। उनी विजयनगर अदालतका अष्टदिग्गजमध्ये एक हुन्।

सन् २०१७ देखि टेलिश्रृङ्खलाको ७ सय ४६ अङ्क प्रशारण भइसकेको छ।

भारतीय टिभी अभिनयमा निरिषाको यो पहिलो काम भने होइन। यसअघि उनले ‘चन्द्र नन्दिनी’मा पनि काम गरेकी थिइन्।

उनले नेपाली फिल्म ‘जानी नजानी’मा काम गरेकी थिइन्। हाल उनी मुम्बईमा नै बस्दै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell