काठमाडौं : कास्की जिल्लमा २० जना सहित गण्डकी प्रदेशमा थप ६७ नयाँ संक्रमित फेला परेका छन्। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जारी गरेको अद्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र भरतपुर अस्पतालमा भएका परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन्।
कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडाका २० जनमा संक्रमण देखिएको हो। पोखरा महानगरपालिकामा कार्यरत २ जना महिलामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी अमरसिंह चोकमा कार्यरत स्टाफ नर्समा पनि संक्रमण देखिएको छ।
त्यसैगरी लमजुङको बेसीशहर नगरपालिकामा २ जनामा संक्रमण देखिएको छ। बाग्लुङमा ३ जना संक्रमित पहिचान भएका छन्।
स्याङ्जाको पुतली बजार नगरपालिकामा २२ जना संक्रमित पहिचान भएको छ। तनहुँमा ७ जना संक्रमित भेटिएका छन्। नवलपरासीमा १३ जना संक्रमित थपिएका छन्।
भरतपुर अस्पतालमा भएको परीक्षणमा कावासोतीका ११ र बलिङटारका १८ जनामा संक्रमण देखिएको छ।
