नयाँ दिल्ली : भारतमा कोरोना भाइरस संक्रमितको संख्याले ४१ लाखको सीमा पार गरेको छ। पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ६ सय ३३ जना कोरोना भाइरस संक्रमित पहिचान भएको हो।
भारतमा संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय १२ पुगेको छ। यीमध्ये ८ लाख ६२ हजार ३ सय २० एक्टिभ केस रहेको इन्डियन एक्सप्रेसले जनाएको छ। ३१ लाख ८० हजार मानिसहरु निको भएर फर्किएका छन्।
भारतमा २४ घन्टामा १ हजार ६५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै मृत्यु हुने संक्रमितको संख्या ७० हजार ६ सय २६ पुगेको छ। संक्रमितको संख्यामा भारत अहिले ब्राजिलकै बराबरीमा पुगेको छ। संक्रमण दर यही रफ्तारमा रहने हो भने भोलिसम्म विश्वको सबैभन्दा खराब हालत भएका मुलुकमा भारतले ब्राजिललाई पछि पार्ने छ। ब्राजिलमा संक्रमित संख्या ४१ लाख २३ हजार रहेको छ।
सबैभन्दा खराब अवस्थामा रहेको अमेरिकमा स्क्रमितको संख्या ६० लाख भन्दा माथि छ। अमेरिकामा एकै दिन धेरै संक्रमित पहिचान हुँदा ८० हजार भन्दा मुनि नै रहेको थियो। विश्वमा एकै दिन ९० हजार भन्दा बढी संक्रमित पहिचान भएको यो पहिलो पटक हो।
