PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

हिजो मृत्यु आज कोभिड-१९ पोजेटिभ



पहिलोपोस्ट

हिजो मृत्यु आज कोभिड-१९ पोजेटिभ
फाइल फोटो

काठमाडौं : गोरखामा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोभिड-१९ को संक्रमण रहेको पुष्टि भएको छ।

गोरखा नगरपालिका-७ की ७६ वर्षकी महिलाको शनिवार दिउसो ४:३० बजे गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। अचेत अवस्थामा अस्पताल ल्याइएकी उनलाई आईसीयुमा राखेर उपचार गर्ने क्रममा ब्रेन ह्यामरेज भएका कारण मृत्यु भएको थियो।

कोभिड-१९ परीक्षणका लागि यसअघि नै उनको कन्ट्र्याक्ट ट्रेसिङका क्रममा स्वाब लिइएको थियो। प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणका क्रममा कोभिड-१९ पुष्टि भएको जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीलाई उदृत गर्दै स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

योसँगै गण्डकीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell