PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजीमा कोभिड-१९ संक्रमण



पहिलोपोस्ट

गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजीमा कोभिड-१९ संक्रमण

काठमाडौं : नेपाल प्रहरीका एक डीआइजीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजी घनश्याम अर्याललाई कोभिड-१९ पोजेटिभ देखिएको हो।

'आज बिहान पोजेटिभ रिपोर्ट आएको हो। उहाँ एकदम फिट एण्ड फाइन हुनुहुन्छ,' गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले भने।

डीआइजी अर्यालको कन्ट्याक्ट ट्रेसिङको आधारमा कोभिड परीक्षण गरिएको थियो। पछिल्लो समय नेपाल प्रहरीमा कोरोना संक्रमण बढिरहेको छ। देशभर २ हजारभन्दा बढी प्रहरीमा कोरोना संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell