PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

रेलमार्ग ठेक्का प्रक्रियाको विरोधमा निषेधाज्ञामै नेविसंघको प्रदर्शन

रेलमार्ग ठेक्का प्रक्रियाको विरोधमा निषेधाज्ञामै नेविसंघको प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले काँकडभिट्टा इनरुवा रेलमार्गको ठेक्का प्रक्रियाको विरोध गरिरहेको छ। त्यही क्रममा आइतवार काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राजधानीको माइतीघरमा मौन विरोध प्रदर्शन गरेको छ।

हचुवाको भरमा गरिएको रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई नेविसंघले आग्रह गरेको छ। निषेधाज्ञाको समयमा नेविसंघले प्रदर्शन गरेको थाह पाउनसाथ माइतीघरमा प्रहरी पुगेको थियो। प्रहरी पुग्नसाथ नेविसंघका नेताहरु तितरवितर भएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell