PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

रिया चक्रवर्तीका वकिलले भावुक हुँदै भने : प्रेम अपराध हो भने उनी सजाय भोग्न तयार छिन्



पहिलोपोस्ट

रिया चक्रवर्तीका वकिलले भावुक हुँदै भने : प्रेम अपराध हो भने उनी सजाय भोग्न तयार छिन्

रिया चक्रवर्तीका वकिल सतीश मानिसिन्देले सुशांत सिंह राजपूतको मृत्यु प्रकरणलाई ‘बोक्सीको शिकार’को संज्ञा दिएका छन्। उनले रिया पक्राऊको लागि तयार रहेको र अग्रिम जमानतको लागि आवेदन नदिएको समेत जानकारी दिएको फस्टपोस्टले जनाएको छ

अभिनेत्रीलाई आइतवार सुशांत सिंह राजपूतको मृत्युसँग सम्बन्धित ड्रग्स मुद्दामा सोधपुछको लागि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले नियन्त्रणमा लिएको छ। रियाले टिभी अन्तर्वातामा आफूले कहिल्यै कुनै किसिमको लागू औषध सेवन नगरेको दावी गरेकी छिन्। मृतक सुशान्तले भने गाँजा सेवन गर्ने गरेको बताएकी छिन्।

रिया चक्रवर्ती र उनका भाइ सोविकको प्रतिनिधित्व गर्ने अधिवक्ता मानिसिन्देले एक विज्ञप्तिमार्फत्, ’रिया चक्रवर्ती पक्राउको लागि तयार छ किनकि यो मुद्धा बोक्सीको शिकार भएको छ। यदी कसैलाई माया गर्नु अपराध हो भने उनी त्यो अपराधको सजाय भोग्न तयार छिन्।‘

बलिउड हंगामाले जनाए अनुसार उनी आफू निर्दोष भएकै कारण अग्रिम जमानतको माग नराखेकी हुन्।

हाल रिया, उनका भाइसँगै पूर्व म्यानेजर र घरमा काम गर्ने व्यक्ति एनसीबिको नियन्त्रणमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell