PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

छोरालाई कलेजो दान गर्ने बाबामा समर्पित निशानको ‘जिन्दगी’ सार्वजनिक



पहिलोपोस्ट

छोरालाई कलेजो दान गर्ने बाबामा समर्पित निशानको ‘जिन्दगी’ सार्वजनिक

बैतडीका दुई महिने शिशु शिवांश अवस्थीलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ।

संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’मा चर्चीत गायक निशान भट्टराई स्वर दिएका छन्। जन्मिएको १४ औँ दिनदेखि विरामी परेका सिवांशलाई महेशले दक्षिण भारत चेन्नईको डा. रेला अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गरेका थिए। नेपालमा एक महिनासम्म आइसियुमा राखेर उपचार गर्दा पनि रोगको राम्रोसँग निराकरणसमेत नहुँदा मध्ययमवर्गीय महेशले भारत पुगेर कारोड बढी खर्च गरि छोरालाई बचाएका थिए।

महेश अवस्थीको मर्मस्पर्शी र कहालिलाग्दो संघर्षको कथाले आफूलाई गीत लेख्न उद्येलित बनाएको संगीतकार कमलाले बताइन्। उनले भनिन्, ‘गीतमा छोरालाई बचाउनको लागि बाबाले गरेको अकल्पनीय संघर्षलाई देखाएका छौँ।’

नेपाली समाजलाई उत्प्रेरणा दिने खालको गीतमा स्वर दिन पाएकोमा गर्वको अनुभूति गरेको गायक निशानले बताए। उनले भने, ‘स्टुडियोमा यो गीतको रेकर्ड गर्दा नै म निकै भावुक बनेको थिएँ। शब्द र संगीत उत्कृष्ट रहेकाले यो गीत गाउन पाउनुलाई एउटा अवसरको रुपमा पनि लिएको छु।’ गीत निशानको व्यक्तिगत युट्युव च्यानलबाट सार्वजनिक भएको छ। गीतवाट आउने सम्पूर्ण रोयल्टी शिवांशको उपचारको लागि सहयोग गर्ने पनि गायक निशानले घोषणा गरेका छन्।

गीतको संगीत संयोजन हेमराज थापाले गरेका छन् भने युवराज वाइवाले म्युजिक भिडियो निर्देशन गरेका छन्। निर्देशक वाइवाले भने, ‘यो मेरो लागि अहिलेसम्मकै फरक काम हो। त्यसैले, कोरोना कहरको बेला पनि जोखिम मेलेर निशुल्क रुपमा यो भिडियो तयार परेका हौँ।’ भिडियोमा निर्मला न्यौपाने र रेखा घिमिरेलाई फिचरिङ गरिएको छ।

लकडाउनअघि श्रीमती र उपचाररत छोरालाई अस्पतालमै छोडेर व्वस्थापन मिलाउन नेपाल आएका महेश अझै फर्किन पाएका छैनन्।

भिडियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell