PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

कोरोना संक्रमित पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीको स्वास्थ्यप्रति खेलाडी संघको चासो



पहिलोपोस्ट

कोरोना संक्रमित पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीको स्वास्थ्यप्रति खेलाडी संघको चासो

काठमाडौं : अघिल्लो साता कोरोना संक्रमण पुष्टि भएका नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी जीतबहादुर केसीको स्वास्थ्यप्रति खेलाडी संघले चासो देखाएको छ।

आज केसीको अवस्था बुझ्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्ट केसीको घर पुगेका थिए। सामाजिक दुरी राख्दै उनीहरुले केसीको अवस्था जानकारी लिएका थिए। ७२ वर्षे केसीले संक्रमण भए पनि आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताएका छन्।

काठमाडौं महानगरपालिका-१४, कलंकी राना गाँउ घर भएका केसी परिवारका साथ बस्दै आएका छन्। गत साता केसीलाई कोरोना संक्रमण देखिएको थियो।

खेलाडी संघले केसीलाई २ बोरा चामलसहित अन्य खाद्यान्न सामाग्री उपलब्ध गराएको थियो। केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पद जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell