PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

धनुषामा खेतबाट घर फर्किने क्रममा चट्याङ लागेर एक पुरुषको मृत्यु



पहिलोपोस्ट

धनुषामा खेतबाट घर फर्किने क्रममा चट्याङ लागेर एक पुरुषको मृत्यु

जनकपुरधाम : धनुषामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको धनुषाधाम नगरपालिका ७ किसानपुरका अन्दाजी ४२ वर्षीय मोहिता सदाको आइतबार दिउँसो करिब १ बजे खेतबाट घर फर्किरहेको बेला चट्याङ लागेर घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए।

चट्याङ लागेर मृत्यु भएका सदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell