PahiloPost

May 14, 2025 | १ जेठ २०८२

सुदूरपश्चिममा आइतवार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिममा आइतवार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा आइतवार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल, डोटी जिल्ला अस्पताल र सेती प्रादेशिक अस्पतालमा आइतवार सात सय ५३ जनाको परीक्षण गरिएकोमा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरुमध्ये कैलालीका तीन, बझाङका १०, डडेलधुराका २, अछामका ११ र कञ्चनपुरका ५ जना रहेका छन्। डडेल्धुरा अस्पतालमा आइतवार दुई सय ८१ जनाको परीक्षण गरिएकोमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल डोटीमा आइतबार एक सय एक जनामा गरीएको कोरोना परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित ११ जना अछामका हुन्।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आइतवार तीन सय ७१ जनाको कोरोना परीक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका ३ र कञ्चनपुरका ५ जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय १० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell